सिटिजन्स म्युचुअल फण्ड १ को कुल आय ९ करोड

६ बर्ष अगाडि

काठमाडौं –सिटिजन्स म्युचुअल फण्ड अन्तर्गत सञ्चालित सिटिजन्स म्युचुअल फण्ड १ ले जेठ मसान्तमा रू ९ करोड २० लाख कुल आय गरेको छ । योजनाले वैशाख मसान्तमा रू ११ करोड कुल आय गरेको थियो ।

वैशाखको तुलनामा जेठमा कुल आय घट्न पुगेको छ । योजनाको जम्मा आय वैशाखमा रू १२ करोड ५५ लाख रहेको थियो भने जेठमा रू १० करोड ८१ लाख रहेको छ । आम्दानी घट्न पुगेकाले कुल आय घटेको हो । योजनाले जेठ मसान्तमा रू १ करोड ६० लाख खर्च गरेको छ । योजनाको लाभाांशबाट रू ४ करोड ५५ लाख आम्दानी प्राप्त गरेको छ भने रू ६ करोड २५ लाख प्राप्त गर्न बाँकी रहेको छ ।
 

६ बर्ष अगाडि

प्रतिक्रिया