महिला तथा बालबालिकासँग नवराज सिलवालको रोपाईँ

६ बर्ष अगाडि

ललितपुर – गोदावरी क्षेत्रका महिला एवं बालबालिकाको पहलमा गोदावरी खोला क्षेत्र सरसफाई अभियान फाल्गुन २७ गते बाट सुरु भई १७ औँ हप्तासम्म आई पुग्दा आज खोला सरसफाई गर्नुका साथै धान दिवसको अवसरमा धान रोपेर असार १५ मनाइएको छ । 

कार्यक्रममा प्रतिनिधि सभाका सदस्य । नवराज सिलवाल को उपस्थितीमा विभिन्न क्षेत्रका समाजसेबी तथा अभियन्ता धिरेन्द्र साही, चित्र सुनुवार, शेखर क्षेत्री, रन्जिता श्रेष्ठ खत्री, मन्जु भट्टराई, तारा खडका तथा त्यस क्षेत्रका बालबालिका को उल्लेख्य उपस्थिती रहेको थियो । 

कार्यक्रमा प्रतिनिधिसभा सदस्य मा.नवराज सिलवालले सरसफाई अभियानमा आफु र आफ्नो क्षेत्रबाट गर्नुपर्ने हरेक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै यो सरसफाई अभियानलाई निरन्तरता दिन आग्रह गरे । 
गोदावरी खोला लाई १ वर्ष भित्र स्वच्छ खोला बनाउने लक्ष रहेको छ ।

६ बर्ष अगाडि

प्रतिक्रिया