लक्ष्मी भ्यालु फण्ड १ को खुद सम्पतिको मुल्य ११.६१

६ बर्ष अगाडि

काठमाडौं – लक्ष्मी भ्यालु फण्ड १ को खुद सम्पतिको मुल्य जेठ महिनामा ११ दशमलव ६१ प्रति इकाई रहेको छ । जबकी  बैशाखको अवधि भन्दा शुन्य दशमलव १८ प्रति इकाईले घटेको हो । गत बैशाख महिनामा ११ दशमलव ७९ प्रति इकाई रहेको थियो ।

लक्ष्मी भ्यालु फण्डले २६ करोड २ लाख रुपैयाँ शेयर लगानी गरेको छ । अघिल्लो महिनामा २७ करोड ६४ लाख रुपैयाँ शेयर लगानी गरेको थियो । सार्वजनिक निष्काशन लगानीमा ५८ लाख रुपैयाँ गरेको छ ।

लक्ष्मी भ्यालु फण्डको आम्दानी ५ करोड १७ लाख रुपैयाँ नोक्सानमा रहेको छ भने खर्च पनि १ करोड १० लाख रुपैयाँ रहेको छ ।

६ बर्ष अगाडि

प्रतिक्रिया