एक हजारका ३१ करोड नोट छाप्न राष्ट्र बै‌ंकले टेण्डर आह्वान ग¥र्याे

६ बर्ष अगाडि

काठमाडौं – नेपाल राष्ट्र बैैकले एक हजार रुपियाँका ३१ करोड थान नोट छाप्नको लागि टेण्डर आह्वान गरेको छ ।

उसले अन्तरराष्ट्रिय प्रतिस्पर्धात्मक बोलकबोल प्रक्रिया अनुसार योग्य सुरक्षण मुद्रकहरुका लागि नोटको डिजाइन, छपाइ तथा बिक्री बितरणका लागि टेण्डर आह्वान गरेको हो ।

इच्छुक तथा योग्य मुद्रकहरुले नेपाल राष्ट्र बैंकको बालुवाटारमा रहेको मुद्रा व्यवस्थापन विभागमा आउँदो साउन २६ गते दिनको १२ बजे अगाडि बुझाइसक्नु पर्नेछ भने त्यसै दिन साढे १२ बजे बोलकबोलकर्ताका प्रतिनिधिहरुका बीच टेण्डरको नतिजा खोलिने राष्ट्र बैंकले जनाएको छ ।


 

६ बर्ष अगाडि

प्रतिक्रिया