काठमाडौं–प्रभु बैंकले एकै पटक पाँच देशमा प्रतिनिधि कार्यालय खोल्ने अनुमति पाएको छ। नेपाल राष्ट्र बैंकले प्रभुलाई प्रतिनिधि कार्यालय खोल्न सैद्धान्तिक सहमति दिएको हो।
बैंकले अस्ट्रेलियाको सिड्नी, भारतको नयाँदिल्ली, मलेसियाको क्वालालाम्पुर, कतारको दोहार र बेलायतको एल्डरसट शहरमा सम्पर्क कार्यालय खोल्ने स्वीकृति पाएको हो।
बैंकले ६ महिनाभित्र सम्बन्धित देशका नियामकीय निकायबाट उल्लेखित स्थानहरुमा बैंकको सम्पर्क प्रतिनिधि कार्यालय खोल्न स्वीकृति प्राप्त गरेपछि अन्तिम स्वीकृति राष्ट्र बैंकसँग माग्ने छ। त्यसपछि कार्यालय खोल्न पाउने छ।
प्रतिक्रिया