सप्तकोशी डेभलपमेण्ट बैंकको एकिकृत कारोबार असार २२ गतेदेखि

६ बर्ष अगाडि

काठमाडौं–सप्तकोशी डेभलपमेण्ट बैंकको एकिकृत कारोबार असार २२ गतेदेखि शुरु हुने भएको छ । सप्तकोशी डेभलपमेण्ट र काबेली विकास बैंक एक आपसमा गाभिए पश्चात सप्तकोशी डेभलपमेण्ट बैंकको नामबाट एकिकृत कारोबार हुन लागेको हो । दुवै बैंकको २०७५ चैत २७ गते सम्पन्न विशेष साधारण सभाले एक आपसमा गाभिने प्रस्ताव पारित गरेका थिए ।

गाभिए पश्चात बैंकको केन्द्रिय कार्यालय हाल काबेली विकास बैंकको केन्द्रिय कार्यालय रहेको स्थान धनकुटा ७ र कर्पोरेट कार्यालय हाल सप्तकोशी डेभलपमेण्ट बैंकको कर्पोरेट कार्यालय विराटनगर महानगरपालिका ७ मोरङमा रहनेछ । एकिकृत कारोबार शुरु हुने भएकाले (Data Migration)  प्रयोजनको लागि असार २० गते शुक्रवार १ दिनका लागि सप्तकोशी डेभलपमेण्ट बैंक र काबेली विकास बैंकद्वारा प्रदान गर्दै आइरहेको सम्पूर्ण बैंकिङ कारोबार बन्द हुनेछ ।

६ बर्ष अगाडि

प्रतिक्रिया