ठक्कर दिनेको साथमा पेस्तोल भेटिएपछि

८ बर्ष अगाडि

काठमाडौं– राजधानीको बसुन्धारा स्थित रिङरोड सडक खण्डमा जीपले मोटरसाईकललाई ठक्कर दिँदा मोटरसाईकल चालकको मृत्यु भएको छ ।
 दुर्घटनाको खबर पाएसँगै घटनास्थलमा पुगेको प्रहरीले मोटरसाईकललाई ठक्कर दिने बा. ३ च १६५४ नम्बरको जिपबाट पेस्तोल सहित लमजुङका सुमन थापालाई पक्राउ गरेको छ । 
थापाले चलाएको निशान जिपको ठक्करबाट घाईते भएका बा.४० प ५७७५ नम्बरको मोटरसाईकल चालक स्याङ्जाका सन्तोष नेपालीको मृत्यु भएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता (डिएसपी) मोहन थापाले बताएका छन् ।
दुर्घटनामा परेर गम्भीर घाईते भएका स्याङ्जा पुतलीबजार–३ स्थायी घर भएका सन्तोष नेपालीको उपचारको क्रममा टिचीङ हस्पिटलमा मृत्यु भएको बताईएको छ । प्रहरीका अनुसार मोटरसाईकल पछाडी बस्ने अर्जुन बोहोरा घाईते छन् ।
घटनास्थल पुगेको महानगरीय प्रहरी वृत महाराजगञ्जका डिएसपी योगेन्द्र सिंह थापाको कमाण्डको प्रहरी टोलीले जिप चालक लमजुङ स्थायी घर भएका सुमनलाई गाडीको पछाडी सिटमा लुकाएको अटोमेटीक पेस्तोल, सोही पेस्तोलको म्याग्जीन र ३ राउण्ड गोली सहित नियन्त्रणमा लिएको काठमाडौं प्रहरीले जानकारी दिएको छ ।
 

८ बर्ष अगाडि

प्रतिक्रिया