काठमाडौं–आँधिखोला लघुवित्त वित्तीय संस्थाले सर्वसाधारणको लागि तीन लाख ७५ हजार कित्ता प्राथमिक शेयर असार २२ गतेदेखि बिक्री खुला गर्ने भएको छ।
संस्थाले सर्वसाधारण तर्फको चार लाख कित्तामध्ये पाँच हजार कित्ता कर्मचारी र २० हजार कित्ता सामुहिक लगानी कोषका लागि सुरक्षित गरेको छ।
सर्वसाधारणले न्युनतम १० कित्तादेखि अधिकतम दुई हजार कित्तासम्मको लागि आवेदन दिन सक्ने छन्। संस्थाले छिटोमा असार २३ गतेसम्म र पहिलो चरणमा बिक्री नभएमा ढिलोमा साउन २० गतेसम्म आवदेन खुला गर्ने धितोपत्र निष्काशन तथा बिक्री प्रवन्धक एनआईबिएल एस क्यापिटलले जनाएको छ।
सर्वसाधारणले आस्वा सुविधा प्रदान गर्ने सम्पुर्ण बैंक तथा वित्तीय संस्थाका साथै मेरो शेयर मार्फत अनलाइन आवदेन दिन सक्ने छन्।
प्राथमिक शेयर निष्काशनपछि संस्थाको चुक्ता पूँजी १० करोड रुपैयाँ पुग्नेछ। जसमा संस्थापक तर्फ ६० प्रतिशत अर्थात छ करोड रुपैयाँ र सर्वसाधारण तर्फ ४० प्रतिशत अर्थात चार करोड रुपैयाँ कायम हुनेछ।
प्रतिक्रिया