उपत्यकामा ‘सूई आतंक’ मचाउने पक्राउ

६ बर्ष अगाडि

काठमाडौं–करीब एक दर्जन युवतीमाथि सिरिन्ज आक्रमण गर्दै आतंक फैलाएको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । 
पक्राउ पर्नेमा महाराजगन्जमा रेस्टुरेन्ट चलाउँदै आएका सन्तोष कार्की रहेका छन् । 
महानगरीय प्रहरी परिसर काठमाडौंले रामेछापका उनलाई गएराती महाराजगन्जबाटै पक्राउ गरेको हो । उनी श्रृङ्खलाबद्ध रुपमा युवतीमाथि सुई हान्दै भाग्ने कार्यमा संलग्न रहेको प्रहरीले जनाएको छ । 
उनले प्रारम्भिक बयानका क्रममा आफ्नो अपराध स्वीकार्दै रमाइलोका लागि यस्तो कार्य गरेका बताएका छन् । 
प्रहरीले शुक्रबार दिउँसो पत्रकार सम्मेलन गरेर उनलाई सार्वजनिक गर्ने जनाएको छ । 

६ बर्ष अगाडि

प्रतिक्रिया