सांसद चौधरी एसईई परीक्षामा बी ग्रेड ल्याएर उत्तीर्ण

६ बर्ष अगाडि

काठमाडौं – नेकपाकी सांसद तथा सचेतक रहेकी शान्ता चौधरी एसईई परीक्षामा बी ग्रेड ल्याएर उत्तीर्ण भएकी छिन् । दाङको तुलसीपुरस्थित तुलसीपुर माध्यामिक विद्यालयबाट परीक्षा दिउकी शान्ता बी ग्रेडमा उत्तीर्ण भएकी हुन् । 

२०७३ सालमा डाँडागाउँ मावि गोग्ली, घोराही–२ मा कक्षा ८ मा भर्ना भएकी थिइन् । उनी खुला विद्यालयमा भर्ना भएकी थिइन् । चौधरी २०६४ को पहिलो संविधानसभामा पनि तत्कालीन एमालेको कोटाबाट समानुपातिक सांसद बनेकी थिइन् ।

यस्तै चौधरीसँगै एसईई दिएकी उनकी छोरी बिनु चौधरीले बी प्लस ल्याएर उत्तीर्ण भएकी छिन् । १७ वर्षीया छोरी विनुले बाल सिर्जनालय सेकेण्डेरी बोर्डिङ स्कूल बसुन्धरा, काठमाडौँबाट परीक्षा दिएकी थिइन् ।

६ बर्ष अगाडि

प्रतिक्रिया