काठमाडौं – गत जेठ १४ गतेदेखि स्थानीयका लागि विक्रीमा ल्याएको हिमाल दोलखा हाइड्रोपावर कम्पनीको आईपीओ बुधवारसम्म १० दशमलव ५५ प्रतिशत मात्र विक्री भएको छ ।
कम्पनीले १६ लाख कित्ता आईपीओ आयोजना प्रभावित क्षेत्र इलाम जिल्लाका स्थानीयको लागि विक्रीमा ल्याएको थियो । विक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटल लिमिटेडले दिएको जानकारी अनुसार बुधवारसम्म ९१५ जनाबाट १ लाख ६८ हजार ८४० कित्ताको लागि मात्र आवेदन परेको छ ।
यस आईपीओमा आवेदन दिने छिटो अवधि जेठ २८ गते रहेपनि सो अवधिमा तोक बमोजिम आवेदन नपरेपछि ढिलो मिति असार १३ सम्म विक्री खुला रहने छ ।
प्रतिक्रिया