कुन–कुन ब्रोकर कम्पनीले पाए त मार्जिन कारोबारको अनुमति ?

६ बर्ष अगाडि

काठमाडौं – नेपाल स्टक एक्सचेन्ज नेप्से ले आठ ओटा ब्रोकर कम्पनीलाई मार्जिन कारोबारका लागि अनुमति दिएको छ ।


आवश्यक प्रकृया पूरा गरेका ती कम्पनीहरूलाई नेप्सेले बिहीबार मार्जिन कारोबारका लागि अनुमतिपत्र प्रदान गरेको हो । विहीवार नेप्सेले कार्यालयमा आयोजित एक कार्यक्रममा प्रक्रिया पूरा गरेका ती कम्पनीलाई मार्जिन कारोबार गर्न अनुमतिपत्र वितरण गरेको छ । मार्जिन कारोबारका लागि नेप्सेबाट स्वीकृति पाउनेमा क्रिस्टल कञ्चनजंगा सेक्युरिटिज, भिजन सेक्युरिटिज, सेक्योर्ड सेक्युरिटिज, श्री कृष्ण सेक्युरिटिज रहेका छन् ।

त्यस्तै प्राइमो सेक्युरिटिज, नेपाल स्टक हाउस, कोहिनुर सेक्युरिटिज र दिपशिखा सेक्युरिटिजले पनि मार्जिन कारोबारका लागि अन्तिम स्वीकृति पाएका छन् ।

६ बर्ष अगाडि

प्रतिक्रिया