काठमाडौं । शिक्षा मन्त्रालय र विभागले विगतमा आफैले सिर्जना गरेको दरवन्दी विवरण लुकाएको विद्यालयका पियन र पालेहरुले आरोप लगाएका छन् । विगतमा आफैले सिर्जना गरेको दरवन्दी नदेखे जस्तो, नभए जस्तो गरी मन्त्रालयलाई पत्र लेख्ने शिक्षा विभागका महानिर्देशकलाई कार्बाही गर्न समेत उनीहरुले नेपाली सेनासँग आग्रह गरेका छन् । शनिवार राजधानीमा पत्रकार सम्मेलन गरी उनीहरुले ५ चैत २०७४ मा पियन पालेको दरवन्दी नै छैन भनेर विभागले मन्त्रालयलाई लेखेको पत्रप्रति विरोध जनाएका हुन् । शिक्षा विभागले दरवन्दी नै नभएको पत्र मनत्रालयमा पठाएपछि पियन पालेहरुले त्यसलाई सच्याउन माग गर्दै २२ र २६ चैत २०७४ मा विभागमा निवेदन दिएका थिए । तर, १ बैशाख २०७५ मा अधिवक्ता कोषराज काफ्ले स्वयं विभागमा पुगेर आग्रह गर्दा पत्र सच्याउन राजी भएका विभागका निर्देशक केशव दाहाल पछि निवेदनहरु जाँदा भने कुनै हालतमा नसच्याउने धम्कि दिएपछि उनीहरुले विभागका महानिर्देशक र निर्देशक दाहाललाई कार्बाही गर्न नेपाली सेना समक्ष आग्रह गरेका हुन् ।
प्रतिक्रिया