जनउत्थान लघुवित्तको हकप्रद शेयर बिक्रीमा !

६ बर्ष अगाडि

जनउत्थान सामुदायिक लघुवित्तले असार १२ गते बिहीबरदेखि चुक्ता पूँजीको शतप्रतिशत हकप्रद शेयर बिक्रीमा ल्याएको छ। कम्पनीले एक बराबर एक अनुपातमा २ करोड ८८ लाख रुपैयाँ बराबरको २ लाख ८८ हजार कित्ता हकप्रद निष्काशन गरेको हो।

लघुवित्त सञ्चालक समितिको जेठ २२ गते सम्पन्न १३३ औं बैठकले हकप्रद निष्काशनका लागि कम्पनीले असार २ गते शेयर दाखिला खारेजी ९बुकक्लोज० को मिति तोकेकाले असार १ गते आइतबारसम्म कायम रहने लघुवित्तका शेयरधनीले मात्र हकप्रदमा आवेदन गर्न पाउनेछन्।

लघुवित्तले हकप्रद जारी गर्न बिक्री प्रबन्धकको रुपमा सिद्धार्थ क्यापिटललाई तोकिएको छ।आवेदन दिने अन्तिम दिन साउन १५ गतेसम्म रहेको छ।


 

६ बर्ष अगाडि

प्रतिक्रिया