यी शेयर दलाल कम्पनीबाट पाइन्छ शेयर किन्न ऋण (सूचीसहित)

६ बर्ष अगाडि

काठमाडौं –  धितोपत्र दलाल व्यवसायीले मार्जिन कारोबार सुविधाका लागि अनुमति पाएका छन् । यसरी अनुमति पाउनेमा ११ वटा ब्रोकर रहेका छन् ।

मार्जिन कारोबारका लागि नेपाल राष्ट्र बैंकले अनुमति दिएपछि नेपाल स्टक एक्स्चेञ्जले कारोबारको अनुमतिका लागि ११ वटा ब्रोकरलाई आज औपचारिक रुपमा प्रमाणपत्र दिँदै छ ।

राष्ट्र बैंकले मार्जिन ट्रेडिङ कारोबारका लागि दिव्य सेन्यूरिटी एण्ड स्टक हाउस(५९) अक्षयतारा इन्भेसमेन्ट एण्ड सेन्यूरिटी(५७), क्रिस्टल कनचनजंघा(५०) दिपशिखा धितोपत्र कारोबार(३८), सेक्योड सेक्यूरिटी(३६),कोहिनूर इन्भेष्मेन्ट एण्ड सेन्यूरिटी(३५), भिजन सेक्युरिटी(३४), दक्षिणकालि इन्भेष्मेन्ट (३३) श्रीकृष्ण सेन्यूरिटी (२८),प्रिमो सेन्यूरिटी(१६) र नेपाल स्टक हाउस(१४)ले कारोबारको अनुमति दिएको छ ।

राष्ट्र बैंकले ८ वटा ब्रोकर कम्पनीलाई केही दिन अघि र तीन वटालाई बुधबार मार्जिन ट्रेडिङ गर्ने स्वीकृति दिएको हो ।

मार्जिन कारोबारको कार्यविधि बनिसकेकाले अब यी ब्रोकर मार्फत मार्जिनको सुविधामा कारोबार गर्न पाउने भएका हुन । मार्जिक कारोबार गर्नलाई बजारको अवस्था तथा जोखिम हेरेर ग्राहकसँग न्यूनतम ४० प्रतिशत मेन्टिनेन्स मार्जिन लिनुपर्ने हुन्छ ।

 ग्राहकले मार्जिन कारोबारमा खरिद गरेको शेयरमा आवश्यक पर्ने मेन्टिनेन्स मार्जिन भुक्तान गर्न नसकेमा धितोपत्र दलाल व्यवसायीले सो सेयर बिक्री गर्न सक्ने छन् । धितोपत्र दलाल व्यवसायीले आफ्नै स्रोत वा वाणिज्य बैंकसँग रकम लिएर मार्जिन कारोबार सुविधा प्रदान गर्न सक्ने व्यवस्था गरेको बोर्डले गरेको छ ।

मार्जिन कारोबारमा उपलब्ध भएको ऋणको ब्याजदर ब्रोकरले डिल गरेका आधारमा तय हुने र सबैमा एक रुपको व्याज हुँदैन यसमा हालको विकास बैंकहरुको भन्दा कम नै हुनेछ ।

६ बर्ष अगाडि

प्रतिक्रिया