एशियन लाइफ इन्स्योरेन्सको बोलकबोल शुक्रवार

६ बर्ष अगाडि

काठमाडौं–एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले बोलकबोलमा विक्री गरेको हकप्रद शेयर भोलि बिहान ९ बजेर ३० मिनेटमा खोल्ने भएको छ ।

कम्पनीले असार १ गतेदेखि ८ गतेसम्म संस्थापक तर्फ २ हजार ४२० दशमलव ७० कित्ता र सर्वसाधारण तर्फ २ लाख १८ हजार ९३९ दशमलव शून्य ३ कित्ता हकप्रद शेयरको लागि बोलकबोल गरेको थियो ।

कम्पनीले यसअघि २०७५ चैत २५ गतेदेखि वैशाख २९ गतेसम्म हकप्रद निष्कासन गरी आवेदन माग गर्दा पूर्ण आवेदन नपरेपछि लिलामीमा शेयर विक्री गरेको हो । कम्पनीको विक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।

६ बर्ष अगाडि

प्रतिक्रिया