यो दृश्य हो जिल्ला मालपोत कार्यालय झापामा सुरक्षार्थ खटिएका प्रहरी हवल्दारको। उनी ड्युटीको समयमा निदाएको भेटिएको छ। सरकारी कार्यालयमा कुनै अवाञ्छित क्रियाकलाप भई शान्ति सुरक्षामा खलल पुग्ने हिसाबले खटाइएका प्रहरी नै ड्यटीमा निदाएपछि सुरक्षा कमजोर हुने पुष्टि भएको छ।
मालपोतको मूल गेटमा राखिएको सुरक्षा पोस्टमा सोमबार मध्या≈न उनी मस्त निद्रामा भेटिएका थिए। उनी निदाएको सञ्चारकर्मीले धेरै पटक निगरानी गरिरहे पनि उनको निद्रा छुटेन। करिब १५ मिनटसम्म बस्दा पनि उनी नब्युँझेपछि नजिकै गएर फोटो खिच्दा समेत उनले पत्तो नै पाएनन। नेपाल समाचारपत्रमा खबर छ ।
अत्यधिक गर्मी बढेका कारण पनि उनी निदाएको हुन सक्ने बुझिएको छ। मालपोतका सम्पूर्ण जनताका लागि प्रहरी खटिएको मालपोतका सूचना अधिकारी दीपेन्द्रकुमार खत्रीले बताउनुभयो। निदाएको विषयमा थाहा नभएको उहाँको भनाइ छ।
प्रतिक्रिया