गलबन्दी प्रकरण: ४ बुदे सहमती पश्चात विवाद टुङ्गीयो (पत्रसहित)

६ बर्ष अगाडि

काठमाडौँ – प्रकाश सपुत र शम्भु राईबीच विवादीत गलबन्दी गीतको बारेमा सहमती भएको छ । आफ्नो गीतको लय गलबन्दी गीतमा मिलेको भनेर शम्भु राईले अभिव्यक्ति दिएपछि यो विषय निकै विवादीत बनेको थियो । 

वीवादीत गलबन्दी गीतको बारेमा प्रतिलिपी अधिकार रजिस्टारको कार्यलयममा छलफल भएपछि सहमतिमा टुंगिएको छ ।  ‘गलबन्दी’ गीत सार्वजनिक भएसँगै गायक शम्भु राइले यसमा समावेश भाका आफ्नो आवाजमा समावेश ‘देउसी भैली’ गीतको लयसँग मिलेको भन्दै प्रतिलिपी अधिकार रजिस्टारको कार्यलयमा उजुरी दर्ता गरेका थिए ।

लामो समयको छलफलपश्चात पनि सहमति हुन नसकेपछि शम्भुले कानुनी ढोका ढक्ढकाएका थिए । तर, प्रतिलिपी अधिकार रजिस्टारको कार्यलयमा नै उनीहरुको सहमति भएको छ । सहमति अनुसार, अब युटुबमा ‘गलबन्दी’ बोलको गीतको संगीत सिर्जनामा शम्भु राईको नाम समावेश हुनेछ भने पुनः संगीत सिर्जनामा प्रकाश सपुतको नाम समावेश हुनेछ ।

६ बर्ष अगाडि

प्रतिक्रिया