विरगञ्ज – आमाले विवाहको प्रस्ताव अस्वीकार गरेपछि विरगञ्जका जयराम दासले उनकी छोरी अपहरण गरेका छन् । रुपन्देही तिलोत्तमाकी एक महिलालाई विवाह गर्न प्रस्ताव गरेकोमा महिलाले अस्वीकार गर्दा छोरी अपहरणमा परेको प्रहरीले जनाएको छ । सोमबार अपहरित बालिकालाई प्रहरीले बुधबार उद्धार गरेको छ ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार ९ गते साँझ तिलोतमा नगरपालिकाबाट ६ वर्षकी बालिकालाई विरगञ्ज महानगरपालिका २७ का ३८ वर्षीय जयराम दासले अपहरण गरेका थिए ।
घरमा आमा र छोरी मात्र भएको समयमा दासले बालिकालाई जवरजस्ती लगेको भन्ने सुचना प्राप्त भएपछि प्रहरी बालिका खोजी कार्यमा लागेको थियो । बलिकालाई प्रहरीले बुटवलमा फेला पारेको छ ।
इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक भिमलाल भट्टराईको कमाण्डमा खटिएको टोलीले बालिका उद्धार गर्न सफल भएको हो । बुटवल उपमहानगरपालिका ५ स्थित होटल बुटवल प्लाजा एण्ड रेष्टुरेण्टको कोठा नं। १०३ मा लुकाई राखेको अवस्थामा बालिकालाई उद्धार गरिएको प्रहरीले जनाएको छ । नयाँपत्रिका दैनिकमा खबर छ ।
दास बिगत नौ महिनादेखि तिलोत्तमाको रैनी खोलामा पुल बनाउने पेटी ठेगेदारको काम गर्दै आएका थिए । पीडित बालिकाको आमासँग चिनजान भएपछि दासले विवाह प्रस्ताव राखेकोका महिलाले नमानेपछि बालिका अपहरण गरिएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया