बलिउड अभिनेत्री सारा अलि खान यतिबेला इम्तियाज अलीको निर्देशनमा बनिरहेको चलचित्र ‘लभ आजकल’ को सिक्वेलको छायांकनमा व्यस्त छिन् ।
चलचित्रमा साराका अलवा कार्तिक आर्यन पनि मुख्य भूमिकामा छन् । उनी डेविड धवनको नयाँ चलचित्र कुली नम्बर वान–२ मा वरुण धवनसँग पनि देखिदैछिन् ।
उनी चलचित्र ‘केदारनाथ’ बाट बलिउडमा पाइला टकेकी हुन । साराको दास्रो चलचित्र भने ‘सिम्बा’ हो । यी दुवै चलचित्र व्यापारिक रुपमा सफल भए । सारा अली खान छोटो समयमै बलिउडकी टप अभिनेत्रीको लिस्टमा समावेश भइन् ।
उनी मुलतः विभिन्न अवतारको पोटोका कारण पनि फोटोका कारण चर्चामा आइरहन्छिन् । भर्खरै उनले एक अन्तर्वार्ताको क्रममा साराल अभिनेत्रीको रुपमा चलचित्रमा साइन गर्नुअघि आफ्नो भूमिकाप्रति ध्यान दिने बताएकी छन् ।
‘म आफ्नो भविष्यलाई एउटा नयाँ च्याप्टरको रुपमा हेर्छु । मेरो लागि अभिनय निकै गहन विषय हो, उनले भनिन् ।
‘मलाई लाग्छ राम्रो काम गर्दै आफ्नो लोकप्रियतालाई कायम राख्नु पनि उत्तिकै महत्वपूर्ण छ,’ उनले भनिन्, ‘एउटा कुरा जुन मेरो लागि निकै जरुरी छ । त्यो हो विश्वास ।’ साराले अभिनय गर्नु अघि चलचित्रको कथा वा आफ्नो पात्रलाई ख्याल गरेर गर्ने बताएकी छन् ।
प्रतिक्रिया