काठमाडौं– डिस्कवरी न्यूज नेटवर्कद्वारा प्रकाशित जनआह्वान साप्ताहिकका सम्पादक कमलेश डी.सी. लाई मातृशोक परेको छ ।
डी.सी. रातोपाटी डटकमका पूर्वसम्पादक समेत हुन् । डी.सी.की आमा खुमा डी.सी. को ८३ वर्षको उमेरमा गत आइतबार दाङमा निधन भएको हो । दम र निमोनिया रोगबाट ग्रस्त खुमाको फूलबारीस्थित निवासमै निधन भएको हो ।
मृतक खुमाको श्रीमान, चार छोरा र दुई छोरी छन् । उनको आइतबारनै अन्तिम संस्कार गरिएको छ ।
दिवंगत खुमा डी.सी.प्रति हार्दिक श्रद्धाञ्जलि व्यक्त गर्दै शोक सन्तप्त परिवारप्रति हार्दिक समवेदना प्रकट गर्दछौँ ।
प्रतिक्रिया