यी २९ सस्थाबाहेक अन्य सस्थाबाट लगानी गर्नुभएको छ ? सावधान ! धितोपत्र बोर्डले दियो लगानी नगर्न निर्देशन

६ बर्ष अगाडि

काठमाडौँ – नेपाल धितोपत्र बोर्डबाट अनुमति नलिइ लगानी व्यवस्थापन कार्य नगर्न नेपाल धितोपत्र बोर्डले निर्देशन दिएको छ । 

पछिल्लो समय सेयर व्यवसायको लगानी व्यवस्थापन सम्बन्धी कार्य बोर्डबाट अनुमति नलिइ कतिपय कम्पनीले गर्न थालेको लगानीकर्ताबाट गुनासो आएपछि त्यस्ता कम्पनीबाट काम नगर्न बोर्डले निर्देशन दिएको हो  ।

वोर्डवाट अनुमतिपत्र प्राप्त नगरेका संस्थामार्फत लगानी गर्दा लगानीकर्ताहरुको लगानी जोखिममा पर्न सक्ने हुनाले लगानी व्यवस्थापन सम्वन्धी कार्य गर्दा उक्त संस्थाले वोर्डवाट अनुमतिपत्र प्राप्त गरेको÷ नगरेको एकिन गरेर मात्र सेवा लिन बोर्डले अनुरोध गरेको छ । 

धितोपत्र सम्वन्धी ऐन, २०६३ को दफा ५६ को उपदफा (१) मा धितोपत्र व्यवसाय गर्न चाहने कम्पनी वा संस्थाले बोर्डबाट धितोपत्र व्यवसाय संचालन गर्ने अनुमतिपत्र लिनु पर्ने र  उपदफा (२) मा कसैले पनि ऐन बमोजिम बोर्डबाट धितोपत्र व्यवसाय गर्ने अनुमतिपत्र प्राप्त नगरी धितोपत्र व्यवसाय गर्न पाउने छैन भन्ने स्पष्ट व्यवस्था  छ ।  अहिले वोर्डवाट लगानी व्यवस्थापनको कार्य गर्न २९ वटा अनुमति प्राप्त संस्था छन् । ती संस्थाहरुबाट मात्र कारोबार गर्न बोर्डले भनेको छ । 
यी हुन् अनुमतिपत्र प्राप्त संस्थाहरु 

१    श्री एनएमबि क्यापिटल लि.    
२    श्री सनराईज क्यापिटल लि.    
३    श्री ग्लोबल आईएमई क्यापिटल लि.     
४    श्री भिवोर क्यापिटल लि.    
५    श्री सिभिल क्यापिटल मार्केट लि.  
६    श्री के.सी.एल. अस्ट्यूट क्यापिटल लि.
७    श्री प्रभु क्यापिटल लि. 
८    श्री नविल ईन्भेष्टमेन्ट बैकिङ्ग लि.     
९    श्री लक्ष्मी क्यापिटल मार्केट लि.
१०    श्री एनआईबिएल एस क्यापिटल लि.    
११    श्री कृति क्यापिटल एण्ड ईन्भेष्टमेन्टस् लि.
१२    श्री समृद्धि क्यापिटल लिमिटेड
१३    श्री नेशनल मर्चेन्ट बैंकर लि.    
१४    श्री सिद्धार्थ क्यापिटल लि.
२९    श्री मेगा क्यापिटल मार्केट्स लि.
१५    श्री प्रोभिडेन्ट मर्चेन्ट बैंकर लि.
१६    श्री सिविआईएल क्यापिटल लि.
१७    श्री सानिमा क्यापिटल लि.
१८    श्री बि.ओ.के. क्यापिटल मार्केट लि.
१९    श्री नेपाल एसबिआई मर्चेण्ट बैकिङ्ग लि.
२०    श्री एनआईसी एशिया क्यापिटल लि. 
२१    श्री आरबिबि मर्चेन्ट बैंकिङ लि.
२२    श्री आकाश क्यापिटल लि.
२३    श्री वेल्थ म्यानेजमेन्ट एण्ड मर्चेन्ट बैकिङ्ग लि.
२४    श्री आर्कस क्यापिटल एडभाईजर्स लि.
२५    श्री कुमारी क्यापिटल लि.
२६    श्री नेपाल बङ्गलादेश क्यापिटल लि.
२७    श्री जनता क्यापिटल लि.
२८    श्री सेञ्चुरी क्यापिटल मार्केट्स लि.
२९    यूट क्यापिटल लि. 
 

६ बर्ष अगाडि

प्रतिक्रिया