यातायात व्यवसायी महासंघका अध्यक्षसहित ५ जना प्रहरी फन्दामा

८ बर्ष अगाडि

काठमाडौं, २१ वैशाख– सिन्डिकेटको पक्षमा रहेका नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष योगेन्द्र कर्माचार्यसहित ५ जना पक्राउ परेका छन् । 

पक्राउ पर्नेमा महासंघका अध्यक्ष कर्मचारसहित वरिष्ठ उपाध्यक्ष बिजय स्वाँर, उपमहासचिव वसन्त भण्डारी, कोषाध्यक्ष किरण खड्कासहित रहेका छन् । 

पक्राउ परेका पाँचैजनालाई महानगरीय प्रहरी बृत्त नयाँ बानेश्वरमा राखिएको छ । 

सिन्डिकेट पक्षधर व्यवसायीले शुक्रवार देशभर सार्वजनिक यातायत ठप्प पारेपछि गृहमन्त्री रामबहादुर थापा बादलले यातायात संघ र समितिका पदाधिकारीसहित सिन्डकेट पक्षधर यातायात व्यवसायीलाई पक्राउ गर्न निर्देशन दिएका थिए । 
यसअघि महासंघकै महासचिव सरोज सिटौलासहित ७३ जनालाई प्रहरीले पक्राउ गरेको थियो ।

८ बर्ष अगाडि

प्रतिक्रिया