जनउत्थान लघुवित्तले १ बराबर २ को हकप्रद शेयर दिने, तोकियो साधारणसभा

६ बर्ष अगाडि

काठमाडौँ – जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्थाको आठौँ वार्षिक साधारण सभा असार ३० गते हुने गरी तय गरिएको छ ।

 यही असार ७ गते बसेको सञ्चालक समितिको बैठकले साधारण सभाको मिति तोकेको हो । साधारण सभामा सञ्चालक समितिले शिफारिस गरे बमोजिम आव २०७४÷ ०७५ असार मसान्तमा कायम रहेको चुक्ता पूँजी रु २ करोड ८८ लाखको २० प्रतिशतले हुन आउने रु ५७ लाख ६० हजार बोनस शेयर वितरण गर्ने प्रस्ताव पेश गरिने छ ।

त्यसका लागि कर प्रयोजनार्थ रु ३ लाख ३ हजार १ सय ५७ नगद लाभांश स्वीकृत गरिने छ । त्यसैगरी संस्थाको अधिकृत पूँजी १० करोडबाट बृद्धि गरी ३० करोड पुर्याउने विशेष प्रस्तावका रुपमा प्रस्तुत गरिने कम्पनीले जनाएको छ ।

कूल १ कित्ता बराबर २ कित्ताको अनुपातमा रु १२ करोड ६७ लाख २० हजारको हकप्रद शेयर जारी गर्ने प्रस्ताव पेश गरिंदैछ ।

वार्षिक साधारण सभा प्रयोजनको लागि शेयरधनी दर्ता किताब असार १८ गते बन्द गरिने भएकोले असार १७ गतेसम्म कायम रहेका शेयरधनीहरु सभामा भाग लिन पाउने कम्पनीले जनाएको छ ।

६ बर्ष अगाडि

प्रतिक्रिया