काठमाण्डौ – सिटिजन्स म्युचुअल फण्डअन्तरगतको दोश्रो स्किम सिटिजन्स म्युचुअल फण्ड २ मा लगानी गर्ने आज अन्तिम अवसर रहेको छ । गत गते जेठ १ गतेबाट बिक्री खुलाइएको यो म्युचुअल फन्डको इकाइहरुको बिक्री आज आइतबारबाट बन्द हुनेछ ।
सिटिजन्स बैंक इन्टरनेशनलको प्रवर्धन र सीबीआइएल क्यापिटल लिमीटेडको व्यवस्थापनमा प्रति इकाई रु १० दरको १० करोड इकाई निश्कासन भएको थियो ।
कुल निश्कासन हुने १० करोडमध्ये बिज पूँजीबापत रु १ करोड ५० लाख वा कुल बिक्री भएको इकाई संख्याको न्यूनतम १५ प्रतिशत इकाई कोष प्रवद्र्धक सिटिजन्स बैंकलाई सुरक्षित गरी बाँकी रहेको ८ करोड ५० लाख इकाई सर्वसाधारणका लागि निश्कासन भएको छ ।
यो स्किमको इकाईमा छिटोमा जेठ १३ गतेभित्र र ढिलोमा असार ८ गतेभित्र आवेदन दिइसक्नुपर्ने जनाइएको थियो ।
इच्छुकले न्यूनतम १०० देखि अधिकतम २ करोड इकाईसम्मका लागि आवेदन दिन सक्नेछन् । यो स्किम ७ वर्षे बन्दमुखी फण्ड हो । यस्ता म्युचुअल फण्डहरुको इकाई दोश्रो बजारमा समेत सूचिकृत भई कारोबारमा आउँछ । दोश्रो बजारमा आइसकेपछि आफूले चाहेको बेला बिक्री समेत गर्न सकिन्छ ।
प्रतिक्रिया