काठमाडौं – माछापुच्छ्रे बैंकले रु ३ अर्ब रुपैयाँको ऋणपत्र निष्कासन गर्ने भएको छ । बैंकले ऋणपत्र निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ ।
बैंकले लगानीयोग्य पुँजी जुटाउन ऋणपत्र निष्कासन गर्न लागेको हो । ऋणपत्रको वार्षिक ब्याजदर १०.२५ प्रतिशत छ । यो दर मुद्धति निक्षेपको भन्दा बढी हो ।
प्रतिकित्ता १ हजार दरको ऋणपत्रको संख्या ३० लाख कित्ता छ । ऋणपत्रको अवधि ७ वर्षको छ । ऋणपत्रबाट संकलन हुने रकम कर्जा लगानी, तरलता व्यवस्थापन र शाखा विस्तारमा खर्च गर्ने भएको छ ।
प्रतिक्रिया