नेपाली जनसम्पर्क समितिहरुको विश्व स्तरीय प्रशिक्षण कार्यक्रम डेनमार्कको राजधानी कोपनहेगनमा जुन २१ (असार ६ गते) शुक्रबार नेपाली समय अनुसार राति १०ः३० मा प्रारम्भ भएको छ । २३ तारिख (असार ८) सम्म चल्ने कार्यक्रमको प्रथम दिन नेपाली जनसम्पर्क समिति डेनमार्कको चौधौं वार्षिकोत्सवसँगै महत्वपूर्ण विषयहरुमा प्रशिक्षण एवं सार्थक अन्तरक्रिया भएको छ ।
ग्लोबल वार्मीङ: असर र जिम्मेवारी विषयमा डीआइपिडीका पूर्व डाइरेक्टर, डेनमार्कको स्वास्थ्य प्रणाली नेपालका लागि शिक्षा विषयमा साउर्थन युनिभर्सिटी डेनमार्कका एशोसिएट प्रा. डा. अमृत राई तथा आधुनिक कृषि प्रणाली बारे सुरज ढकालले कार्यपत्र प्रस्तुति गर्नु भएको थियो ।
नेपाली कांग्रेसका उपसभापति एवं केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका प्रमुख विमलेन्द्र निधिले उद्घाटन गर्नु भएको कार्यक्रममा डा. शशांक कोइराला लगायत नेताहरुले सम्बोधन गर्नु भएको थियो ।
नेपाली जनसम्पर्क समिति डेनमार्कका सभापति विरेन्द्र सिंह कार्कीको सभापतित्वमा भएको प्रथम दिनको कार्यक्रममा महामहिम नेपाली राजदूत युवनाथ लम्साल र गैर आवासीय नेपाली संघका अन्तर्राष्टिय उपाध्यक्ष कुल आचार्यले बोल्नु भएको थियो ।
प्रतिक्रिया