नाकाबन्दीकै झल्को दिनेगरी यातायात बन्दको विरोध र यात्रुको उद्दार

८ बर्ष अगाडि

काठमाडौं– नाकाबन्दीको बेलाकै झल्को दिने गरी यातायात बन्दको विरोध र यात्रुको उद्दार सडकमा देखिएको छ । मोटरसाइकलसहित नीजि सवारीसाधनले अलपत्र यात्रुलाई  लिफ्ट लिएर सहयोगमात्रै गरेनन्, सिन्डिकेटविरुद्ध सरकारको अभियानमा समर्थन पनि जनाए । 
प्याब्सन र एनप्याब्सनको आह्वानमा थुप्रै स्कुल बसले पनि यात्रु ओसारे । सामाजिक सञ्जालमा सिन्डिकेटविरुद्ध अभियानमा व्यापक समर्थन देखिए । निजी सवारी साधानले आफू जाने–आउने रुट उल्लेख गरी लिफ्ट दिने घोषणा गरे । समस्यामा परेका यात्रुलाई सम्पर्क गर्न समेत अपील गरे । धेरैले सिन्डिकेटविरुद्ध कडा रुपमा प्रस्तुत हुन समेत सरकारलाई आह्वान गरे । शुक्रबार यातायात व्यवसायीले गरेको बन्दबारे आजको कान्तिपुर दैनिकले ब्यानर समाचार छापेको छ । 
 

८ बर्ष अगाडि

प्रतिक्रिया