इटहरी - इटहरी १६ स्थित लबिपुर चोकमा बुधबार बिहान स्थानीयले खुला कार्यक्रम आयोजना गरे। विषय थियो, त्यहाँ रहेका होटलमा हुनै यौन क्रियाकलाप न्युनिकरण।
कार्यक्रममा बोल्ने वक्ताले कसैले प्रहरीको भूमिका प्रभावकारी नभएको बताए त कसैले होटल सञ्चालकहरु नाफामुखी भएर वेश्यावृत्ती गराएको आरोप लगाए। प्रदेश सांसद लिलम बस्नेतले त रेड राइट एरियाको व्यवस्था गर्नुपर्नेमा जोडनै दिए।
कार्यक्रमलाई इटहरीका मेयर द्वारिकलाल चौधरीसमेत सहभागी थिए। तर सम्बोधनका क्रममा उनले बोलेको एउटा शब्दका कारण त्यहाँ रहेका महिलाले अफ्ठेरो अनुभव गरेका थिए। अन्नपूर्णमा खबर छ ।
कार्यक्रममा मेयर चौधरीले ‘रण्डी’ भन्ने शब्द बारम्बार उच्चारण गरेका थिए। लबिपुर क्षेत्रमा सञ्चालनमा रहेका होटलमा वेश्यावृत्ती हुने गरेको भन्दै रोक्नका लागि सबैले पहल गर्नुपर्ने आशयका भनाइ राख्दा राख्दै उनले सो शब्द उच्चारण गरेका हुन्।
सो क्षेत्रका होटलमा वेश्यावृत्ती भइरहेको र त्यसलाई रोक्न दबाब सिर्जना गर्ने उद्देश्यले वडा नम्बर १६ र १७ को संयुक्त आयोजनामा गरिएको कार्यक्रममा पुगेका मेयर चौधरीले ‘रण्डी जिन्दावाद’ भन्ने शब्दलाई बारम्बार दोहोर्याएका थिए।
मेयर चौधरीको एउटा घर पनि सोही क्षेत्रमा पर्छ। त्यो घर कसैले भाडामा लिएर होटल सञ्चालन गरिरहेको छ। सो होटल भाडामा लिने व्यक्तिले केही वर्षअघिसम्म यौन व्यवसाय सञ्चालन गर्थे। सोही विषयलाई केही पत्रकारले मेयरको घरमा यौन व्यवशाय भनेर लेखेको समाचारलाई लिएर उनले अभिव्यक्ति सुरु गरेका थिए।
मेयर चौधरीले होटलका लागि भाडामा दिएको आफ्नो घरमा होटल सञ्चालकले यौनजन्य गतिविधि गराएको थाहा पाएपछि आफूले बोर्ड नै फ्याँकिदिएको बताए। ‘तपाइहरु पनि घर भाडामा दिँदा यी कुराहरु विचार गर्नुहोस्, विकृति गराउनेलाई पैसाकै लागि घर भाडामा दिनु हुँदैन,’ उनले भने।
प्रतिक्रिया