ग्लोबल आईएमई बैंकमा के भइरहेको छ ?

६ बर्ष अगाडि

काठमाडौं – ग्लोबल आईएमई बैंकको व्यवस्थापनमा व्यापक हेरफेर भएको छ । कायममुकायम प्रमुख कार्यकारी अधिकृत महेश ढकालले पाँच महिनापछि व्यवस्थापन समूहमा रहेका उच्च पदका कर्मचारीको हेरफेर गरेका हुन् ।

सीईओको जिम्मेवारी सम्हाल्ने मुखैमा आएर सञ्चालक समितिले काम गर्न नसकेको भनेर आलोचना गरेपछि उनले कर्मचारी हेरफेर गरेको चर्चा चलेको छ ।

 बैंकका तत्कालीन सीईओ जनक शर्मा पौडेलले गत माघमा राजिनामा गरेपछि ढकाललाई कामु सीईओको जिम्मेवारी दिइएको थियो । ३ महिनाभित्र राम्रो काम गरेर देखाए सञ्चालक समितिले सीईओ नै दिने प्रतिबद्धता गरे पनि अहिले ग्लोबल बैंकले बाहिरबाट सीईओ ल्याउने भन्दै उपयुक्त व्यक्ति खोजिरहेको छ ।

विभिन्न बैंकसँग मर्जरका लागि छलफल बढाएको ग्लोबलले जुन  बैंकसँग मर्ज हुन्छ त्यही बैंकको सीईओ नै राख्ने जानकारी राष्ट्र बैंकलाई दिएको छ ।

६ बर्ष अगाडि

प्रतिक्रिया