मल्टीपर्पस फिनांस कम्पनीले हकप्रद शेयर बिक्री गर्ने,के छ बिचार ?

६ बर्ष अगाडि

काठमाडौं – मल्टीपर्पस फिनांस कम्पनी लिमिटेडको हकप्रद शेयर असार २३ गतेदेखि खुल्ला हुने भएको छ । जसको लागि बुक क्लोज असार ११ गतेदेखि बन्द हुने भएको छ । कम्पनीले प्रति साधारण शेयर एक सय रुपैयाँको दरले ३५ लाख ८५ हजार २६४ कित्ता हकप्रद शेयर निष्काशन गर्न लागेको हो ।

चुक्ता पुँजी रु ४ करोड १४ लाख ७३ हजार ६ सय को १ कित्ता साधारण शेयर बराबर ८ दशमलव ६५ कित्ताले ३५ लाख ८५ हजार २६४ कित्ता हकप्रद शेयर जारी गर्न लागेको हो । हकप्रद शेयर पश्चात कम्पनीको चुक्ता पुँजी रु ४० करोड पुग्नेछ ।

कम्पनीको हकप्रद शेयर भर्ने मिति असार २३ गतेदेखि साउन २६ गतेसम्म रहेको छ । जसको बुक क्लोज असार ११ गते बन्द रहेकोले उक्त हकप्रद शेयर असार १० गतेसम्म कायम शेयरधनीले मात्र भर्न पाउँनेछन् ।

६ बर्ष अगाडि

प्रतिक्रिया