बलिउडमा स्थापित भएका ९ पाकिस्तानी कलाकार, भारतमा प्रतिबन्ध लागेपछि के गर्लान् ?

६ बर्ष अगाडि

एजेन्सी – भारत प्रशासित कश्मिरमा गत हप्ताको बिहिबार भएको आत्मघाती हमलापछि भारतीय पक्षले पाकिस्तानप्रति देखाएको आक्रोशको सिकार पाकिस्तानी कलाकार बनेका छन् ।

पुलवामा भएको सैनिक आत्मघाती हमलापछि पाकिस्तानी कलाकारहरुलाई बलिउडमा काम गर्न रोक्न माग गरिएको थियो ।  भारतमा फेडेरेशन अफ वेस्ट इन्डिया सिने इम्प्लोइज् (Federation of Western India Cine Employees) , इन्डियन फिल्म एण्ड टेलिभिजन डाइरेक्टरस् एसोसियसन (Indian Flim & Television Director's Association) (IFTDA)  लगायत २४ फिल्म संघले र्‍यालीको आयोजना गरेर बलिउडमा पाकिस्तानी कलाकारलाई काम गर्न प्रतिबन्ध लगाउन माग गरेका थिए । 

यसैबीच अल इन्डिया सिने वर्कर्स एसोसिएशन (AICWA) ले पाकिस्तानी कलाकारलाई भारतमा प्रतिवन्ध लगाएको छ । भारतमा अब पाकिस्तानी कलाकारसँग काम गरेमा कम्पनीलाई सजाय दिने व्यवस्थासमेत गरिएको छ ।

भारतमा प्रतिबन्धित भएपछि पाकिस्तानी कलाकारले भारत छोडेका छन् ।

भारत छोडेपछि के गर्दैछन् त ती कलाकार ? 
आतिफ असलम 

बलिउडमा थुप्रै गीत गाएर चर्चामा रहेका लोकप्रिय गायक आतिफ असलमको युट्युब एकाउन्ट म्युजिक कम्पनीले टी–सीरीजबाट हटाइदिएको छ । यद्यपि उनका गीतहरु अन्य एकाउन्टबाट युट्युबमा अझै सुन्न र हेर्न सकिन्छ । म्युजिक कम्पनीले भारत र पाकिस्ताबीचको हालको द्वन्द्वको कारण टी–सीरीजबाट आतिफको गीत हटाएको जानकारी दिएको छ ।

आतिफ बलिउडमा आउनुअघि उनी गोहर मुमताजको ‘जल ब्यान्ड’ मा काम गर्थे । उनी पहिलो एल्बम ‘आदत’ बाट रातारात चर्चित भएका थिए । 

फवाद खान 

पाकिस्तानबाट प्रसारण हुने विभिन्न टेलिसिरियलबाट लोकप्रियता कमाएका फवाद खान फिल्म ‘ए दिल है मुश्किल’ बाट बलिउडमा पनि चर्चित बनेका थिए । 

बलिउड छोडेपछि उनी अहिले आफ्नी पत्नीसँग क्लोथिङ ब्रान्ड ‘सिल्क’ मा काम गरिरहेका छन् जुन सामाजिक सञ्जालमा निकै लोकप्रिय छ । साथसाथै उनी पाकिस्तानी रियालीटी शो ‘पेप्सी ब्याटल अफ ब्यान्ड्स’ मा निर्णायकको भूमिकामा काम गरिरहेका छन् । 

इमरान अब्बास किस्तानी सिरियलमा काम गरिसकेका इमरान अब्बासले बलिउडमा ‘क्रियचर घम्’ बाट आफ्नो स्थान बनाएका थिए । उनले पछिल्लो पटक ‘ए दिल है मुश्किल’ मा काम गरेका थिए । बलिउड छोडेपछि उनी पाकिस्तानी चर्चित शो ‘मोहब्बत तुमसे नफरत है’ मा काम गरिरहेका छन् । उनी हाल हलिउड प्रवेश गर्ने तयारीमा रहेका छन् । 

सबा कमर 

सन् २००५ मा पाकिस्तानी टीवी शो ‘मै औरत हुँ’ बाट डेब्यु गरेकी सबाले बलिउडमा फिल्म ‘हिन्दी मीडियम’ बाट प्रवेश गरेकी थिइन् । उनी बलिउड छोडेपछि पाकिस्तानी वेब सीरिज ‘बागी’ मा काम गरिरहेकी छिन् । 

सजल अली

स्वर्गीय अभिनेत्री श्रीदेवीको अन्तिम फिल्म ‘मम’ मा छोरीको भूमिका निर्वाह गरेकी सजल अहिले पाकिस्तानको लोकप्रिय शो ‘ओ रंग रेजा’ मा काम गरिरहेकी छिन् । उनको करियरको सुरुवात २००९ को टीवी शो ‘नादानिया’ बाट भएको थियो ।

अली जफर

बलिउड अभिनेत्री आलिया भट्टसँग ‘डियर जिन्दगी’ मा काम गरिसकेका अभिनेता अली जफरले भर्खरै पाकिस्तानी फिल्म ‘तीफा इन ट्रबल’ पूरा गरेका छन् । साथै कोक स्टूडियोको सीजन १० मा गीत गाइरहेका छन् ।
 
माहिरा खान

बलिउड किङ्ग शाहरुख खानसँग फिल्म ‘रईस’ बाट बलिउडमा डेब्यु गरेकी माहिरा अहिले पाकिस्तानी फिल्ममा काम गरिरहेकी छिन् । उनले करियरको सुरुवातमा ‘एमटीवी मोस्ट वान्टेड’ र ‘वीकेन्ड विथ माहिरा’ होस्ट गरेकी थिइन् ।

राहत फतेह अली खान

गायक राहत फतेह खान अहिले दुबईमा भइरहेको कोक स्टुडियोको सीजन १० को रेर्कडिङ गरिरहेका छन् । आतिफसँगसँगै राहत फतेह अली खानको पनि गीत म्युजिक कम्पनीको टी–सीरीजको युट्युब एकाउन्टबाट हटाइदिएको छ । बलिउडमा आफ्नो आवाजको जादू चलाइरहेका राहत फतेहले पाकिस्तानी फिल्ममा समेत काम गरिसकेका छन् । 

मावरा होकेन 

फिल्म ‘सनम तेरी कसम’ मा मावराले निभाएको भूमिकालाई धेरैले मन पराएका थिए । उनले भर्खरै एलएलबी पास गरेकी छिन् । बलिउडपछि उनी अहिले पाकिस्तानी शो ‘शम्मी’ मा काम गरिरहेकी छिन् ।  

६ बर्ष अगाडि

प्रतिक्रिया