बालुवाटारमा ओली–प्रचण्डबीच ‘वान टु वान’ वार्ता,

८ बर्ष अगाडि

काठमाडौं–नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच बिहिबार बिहान एकान्त वार्ता भएको छ । वार्ता १ घण्टा सम्म चलेको बताइएको छ । 
पार्टी एकताबारे टुङ्गो लगाउन भएको  भनिएको वार्तामा के सहमति भयो भन्ने केहि कुरा खुलाइएको छैन । यद्यपि थप विषयमा कुरा गर्न फेरि आजै ३ बजे बस्नेगरी पहिलो चरणको भेटवार्ता सकिएको प्रचण्डको सचिवालयले बताए । 
बिहान सवा दश बजे बालुवाटर पुगेका प्रचण्डले ओलीलाई पौने घण्टा कुरेका थिए । तर पौने घण्टा कुरेर बसेको वार्ता एक घण्टामा बिनापछि फेरि बस्नेगरी सकिएको हो ।
मंगलबार माओवादी सचिवालयको बैठकमा प्रचण्डले केपी ओलीसँग आज बैठक बसेर सबै कुरा टुङ्ग्याउन सकिए २२ गते नै एकता गर्ने बताएका थिए ।

८ बर्ष अगाडि

प्रतिक्रिया