काठमाडौं – साधारण शेयर निष्काशनको प्रकृयामा रहेको बुद्धभुमी नेपाल हाइड्रोपावर कम्पनीले नियामकीय निर्देशन अनुसारको प्राथमिक शेयर निष्काशन गर्न मिल्ने रेटिङ प्राप्त गरेको छ ।
कम्पनीले इक्रा एनपि आइपिओ ग्रेड चार प्राप्त गरेको छ। नेपाल धितोपत्र बोर्डको पछिल्लो निर्देशन अनुसार रेटिङ चार प्राप्त गर्ने कम्पनीले मात्रै प्राथमिक शेयर निष्काशन गर्न पाउँछन्।
कम्पनीले रु १२ करोड को प्राथमिक शेयर निष्काशन गर्न बोर्डमा निवेदन दिएको छ । कम्पनीले ५ मेगावाट क्षमताको लोअर तादी खोला हाइड्रोपावर प्रोजेक्ट निर्माण गरिहेको छ । आयोजनाको निर्माण कार्य अहिलेसम्म ६० प्रतिशत सकिएको छ ।
प्रतिक्रिया