काठमाडौं – सनराइज बैंकका नबनियुक्त प्रमुख कार्यकारी अधिकृत निरज श्रेष्ठले आज हुने भनिएको शपथ लिन सकेनन् । सञ्चालकहरुबबीच देखिएको चर्को विवादका कारण उनले शपथ लिन नसकेका हुन् ।
व्यक्तिगत व्यस्तताको कारण देखाउँदै उनले केही दिन पछि मात्रै कार्यभार सम्हाल्ने जानकारी बोर्डलाई दिएपछि आजको शपथ रोकिएको बैंकले जनाएको छ ।
सञ्चालक समितिमा रहेको प्रमुख कार्यकारी अधिकृत नियुक्तिसँग सम्बन्धित विवाद समाधान होस् भन्ने उद्देश्यले उनले केही दिन जिम्मेवारी नलिएको बताइएको छ । यसअघि आजदेखि लागु हुनेगरी उनले कार्यभार सम्हाल्ने कार्यक्रम तय गरिएको अध्यक्ष मोतिलाल दुगडले नियुक्तिलगत्तै जानकारी दिएका थिए ।
श्रेष्ठको नियुक्तिमा सञ्चालक समितिमा रहेका ७ जनामध्ये ५ जनाको मात्रै सहमति थियो । एकजना सञ्चालक अनुपस्थित थिए भने एकजनाले उक्त निर्णयका सम्बन्धमा नोट अफ डिसेन्ट लेखेका थिए । जेठ २२ गते बसेको बोर्ड बैठकले बहुमतका आधारमा श्रेष्ठलाइ सीईओमा नियुक्त गरेको थियो ।
प्रतिक्रिया