जनकपुरधाम– प्रदेश नं २ बाट राष्ट्रियसभामा निर्विरोध निर्वाचित भएका सदस्यहरुलाई यहाँ आज प्रमाणपत्र वितरण गरियो । चुनावअघि नै निर्विरोध भएकाले प्रदेश नम्बर २ मा आज चुनाव भएन ।
प्रदेश नं २ बाट राष्ट्रियसभा सदस्यमा महिलातर्फ संघीय समाजवादी फोरम नेपालका प्रमिला कुमारी, नेपाली काँगे्रसका मुक्ताकुमारी यादव र नेकपा (माओवादी केन्द्र)का शशिकला दाहाल, अल्पसंख्यकमा राष्ट्रिय जनता पार्टी नेपालका वृषेशचन्द्र लाल र दलितमा संघीय समाजवादी फोरम नेपालका रामपृत पासवान निर्विरोध निर्वाचित भएका छन् ।
त्यस्तै, खुलातर्फ काँग्रेसका जीतेन्द्रनारायण देव, राष्ट्रिय जनता पार्टी नेपालका रमेशप्रसाद यादव र नेकपा एमालेका सुमनराज प्याकुरेल निर्विरोध निर्वाचित भएका छन् ।
प्रतिक्रिया