काठमाडौँ- ३३ किलो सुन गायव काण्डमा १८ फागुनमा जंगलमा करेन्ट लगाएर हत्या गरिएका उर्लाबारी–७ का युवा सनम शाक्यको शव १९ फागुनमा विराटनगर महानगर–३ स्थित ज्योतिमार्गमा जिपभित्र प्रहरीले बरामद गरेपछि घटनाको अनुसन्धान सुरु भएको थियो ।
सुरुमा महानगरीय अपराध महाशाखाको अप्रेसन टोलीले तस्कर समूहले लहानतिर भरिया सनम शाक्यको हत्या गरेर फरार भएको प्रचारबाजी गराए पनि पछि उक्त हत्या मोरङ उर्लाबारी–१ स्थित कान्छीचोकको जंगलमा गायब सुन खोज्नका लागि यातना दिने क्रममा भएको खुलेको थियो ।
त्यसछि घटनलाई संगठित र रहस्य मानेर गृह मन्त्रालयले सहसचिव ईश्वर पौडेलको नेतृत्वमा विशेष छानबिन समिति बनाएर अनुसन्धान थालेको थियो, नयाँ पत्रिकामा खबर छ ।
प्रतिक्रिया