काठमाडौं– साढे ३३ किलो सुनकाण्डमा एसएसपी दिवेश लोहनी पक्राउ परेका छन् । महानगरीय अपराध महाशाखाका तत्कालीन प्रमुख लोहनीलाई साढे ३३ किलो सुन र सनम शाक्य हत्या प्रकरणमा बयान दिन जिल्ला प्रहरी कार्यालय मोरङ पुगेका बेला प्रहरीले पक्राउ गरेको हो ।
गृह मन्त्रालयका सहसचिव ईश्वरराज पौडेलको नेतृत्वमा बनेको छानबिन समितिले यसअघि सुन तस्करी र शाक्य हत्या अनुसन्धानमा लोहनीको भूमिका शंकास्पद रहेको ठहर गरेको थियो । सोहि बमोजिम उनलाई अपराध महाशाखाबाट हटाएर हेडक्वार्टर तानिएको थियो ।
समितिले उनलाई बयानका लागि विराटनगर बोलाएको थियो। बयान दिन पुगेका लोहनीलाई जिल्ला प्रहरी कार्यालय मोरङले पक्राउ पुर्जी थमाएको बताइएको छ ।
प्रतिक्रिया