माओवादी बैठकमा प्रचण्डले गरे यस्तो ब्रिफिङ

८ बर्ष अगाडि

काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले एमाले र माओवादीबीच ६०–४० को आधारमा नभई समान हैसियतमा पार्टी एकता हुने बताएका छन् । 
आज पार्टी कार्यालय पेरिसडाँडामा बसेको  सचिवालयको बैठकलाई एकताका सन्दर्भमा भएका प्रगतिबारे ब्रिफिङ गर्दै प्रचण्डले समान हैसियतमा केहि दिनभित्रै  एकता हुने बताएका हुन् । 
बैठकपछि  प्रवक्ता पम्फा भुसालले  पार्टी एकता  समान हैसियतमा हुने  अध्यक्षले बैठकलाई जानकारी गराएको बताइन् । 
यस्तै यस्तै एमाले जनयुद्ध समेत स्वीकार गर्न तयार भइसकेको भन्दै प्रचण्डले पार्टीको जिम्मेवार भूमिकामा रहेका कुनै पनि नेताहरु एकीकृत पार्टीमा नछुट्टे समेत बताएका थिए । 
 यस्तै प्रचण्डले बिहिबार नै एमाले अध्यक्ष केपी ओलीसँग मिल्न बाँकी विषयमा छलफल गेर केहि दिनभित्रै एकता गर्ने तयारी भइरहेको समेत जानकारी गराएको बताइएको छ ।

८ बर्ष अगाडि

प्रतिक्रिया