अपहरण गरी सुभाषको हत्या गर्ने गंगाराम मण्डल पक्राउ

६ बर्ष अगाडि

काठमाडौँ – सिरहाबाट अपहरण गरी गोली हानेर हत्या गरेका एक अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिरहाको औराही गाउँपालिका २ का गंगाराम मण्डल छन् ।

मण्डल गत ०७५ मंसिर ८ गते  सिरहाको धनगढीमाई नगरपालिका ६ का सुभाष कुमार यादवको अपहरण भएको थियो । उनको अपहरण पश्चात भारतको मधुवनी लगेर गोली हानी यादबलाई गम्भिर घाईते बनाएका थिए । घाईते यादबको उपचारको क्रममा ०७५ मंसिर ९ गते ज्यान गएको थियो ।

उक्त घटनामा मण्डलको संलग्नता देखेपछि प्रहरीले मण्डललाई सिरहा नगरपालिका ७ बाट पक्राउ गरेको  छ । पक्राउपरेका  मण्डलको कारबाही प्रक्रिया प्रहरीले अगाडी बढाएको जिल्ला प्रहरी सिरहाले जनाएको  छ ।
मण्डलले यादबलाई गोलि हानि गम्भिर घाईते बनाएर फरार भएको  थिए ।

६ बर्ष अगाडि

प्रतिक्रिया