सुनको मूल्य चार सयले घट्यो

७ बर्ष अगाडि
 
काठमाडौं–मंगलबार सुनको मूल्य घटेको छ । आज छापावाला सुन तोलामा ४०० रुपैयाँले घटेर ५८ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । 
अघिल्लो कारोबारमा सुन प्रतितोला ५८ हजार ९०० रुपैयाँ थियो । तेजावी सुन ५८ हजार २०० रुपैयाँमा कारोबार भइरहेको सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । 
 चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले घटेको छ ।   आज चाँदी प्रतितोला ७५० रुपैयाँमा कारोबार भइरहेको छ ।  अघिल्लो कारोबारमा ७६० रुपैयाँ थियो ।
७ बर्ष अगाडि

प्रतिक्रिया