तीन नम्बर प्रदेश :  वाम गठबन्धनका ६ र काँग्रेसका २ जना  विजयी, बादलले पनि बाजी मारे

७ बर्ष अगाडि

    काठमाडौँ–राष्ट्रियसभा सदस्य निर्वाचनमा प्रदेश नं ३ मा आठ जना निर्वाचित भएका छन् । 
निर्वाचित हुनेमा छ जना वाम गठबन्धनका र दुई जना नेपाली काँग्रेसका सदस्य रहेको प्रदेश नं ३ का निर्वाचन अधिकृत बालमुकुन्द दवाडीले जानकारी दिए । 

    उनका अनुसार वाम गठबन्धनबाट एमालेका बलरामप्रसाद बाँस्कोटा, महिलामा दिलकुमारी रावल (पार्वती) र उदय शर्मा पौडेल, दलितमा सिंहबहादुर विश्वकर्मा र अल्पसंख्यकमा रामचन्द्र राई विजयी भएका छन् । 

    त्यसैगरी माओवादी केन्द्रबाट रामबहादुर थापा बादल  विजयी भएका छन् ।  काँग्रेसबाट भने राधेश्याम अधिकारी र धनकुमारी खतिवडा विजयी भए ।  प्रदेश नं ३ मा आठ पदका लागि १४ उम्मदेवार प्रतिस्पर्धामा थिए । 
 

७ बर्ष अगाडि

प्रतिक्रिया