गलत औषधि बेचे जन्मकैद

७ बर्ष अगाडि

काठमाडौँ-  औषधि पसलेले चिकित्सकको प्रेस्क्रिप्सन (पुर्जा) मा उल्लेख भएअनुसारको नभई अर्कै औषधि दिएर बिरामीलाई हानि पुगे के हुन्छ ? ‘औषधि ऐनअनुसार यस्ता पसलेलाई जन्मकैद वा १० वर्षसम्म कैद र जरिवाना हुन सक्छ,’ औषधि व्यवस्था विभागका महानिर्देशक नारायणप्रसाद ढकाल भन्छन् ।

नेपाल मेडिकल काउन्सिलले पनि मान्यताप्राप्त बिक्रेताले मात्र स्पष्ट बुझिने प्रेस्क्रिप्सनका आधारमा औषधि बिक्रीवितरण गर्नुपर्ने जनाउँदै आएको छ, आजको कान्तिपुर दैनिकमा खबर छापिएको छ  । औषधि प्रस्तावित गर्ने अर्थात् पुर्जा लेख्ने डाक्टर, चिकित्साकर्मीको पहिचान आवश्यक भएझैं औषधि बिक्रीवितरण गर्ने पसलको समेत पहिचान उल्लेख हुनुपर्ने जनाउँदै काउन्सिलका प्रवक्ता डा. कृष्ण अधिकारी भन्छन्, ‘यसका लागि औषधि बेच्ने पसलेले आफ्नो छापलगायतका पहिचान बिरामीको पुर्जामा उल्लेख गर्नुपर्छ ।’

७ बर्ष अगाडि

प्रतिक्रिया