आठ दिनदेखी वेपत्ता पुरूषको सव फेला

६ बर्ष अगाडि

अर्घाखाँची – गत आठ दिन देखी वेपत्ता भएका अर्घाखाँची सितगंगा ११ खयरभट्टीका ३५ बर्षिय धनबिर घर्तिमगर घरदेखी करिब डेढ किलोमिटर टाढाको खयरभट्टी जङगलमा आज मृत अवस्थामा फेला परेका छन् ।

मानसिक सन्तुलन गुमाएका घर्तिमगर गत शुक्रबार राति सुतेको अवस्थामा उठेर एक्कासी वेपत्ता भएका थिए । घरदेखी डेढ किलोमिटर टाढा जङगलमा गोरु चराउन गएका गोठालाले नग्न अवस्थामा रहेको सव फेला पारेपछी प्रहरीलाई खबर गरेका  थिए ।

जानकारी पाउने बित्तिकै ईलाका प्रहरी कार्यालय ठाडा बाट प्रहरी निरिक्षक गणेश बहादुर नरालको कमान्डमा गएको प्रहरीको टोलीले घटनास्थलमा पुगेर सवको मुचुल्का गरि पोष्टमाट्मका लागी सवलाई कविलवस्तुको तौलिहवा पठाईएको प्रहरी निरिक्षक गणेश बहादुर नरालले बताए ।

सवको प्रकृती हेर्दा अनुहार सडेर चिन्न नसकिने र नग्न अवस्थामा भएपनि शरिरको बनावट हेरेर मृतकका आफन्तले सव चिनेका थिए ।  मृतक अविवाहित पुरुष हुन् ।
 

६ बर्ष अगाडि

प्रतिक्रिया