गोरखा - धार्चे गाउँपालिका–४ लाप्राकस्थित गुप्सीपाखामा एनआरएनले बनाएको एकीकृत बस्ती स्थानीयवासीलाई निल्नु न ओकल्नु भएको छ । एनआरएनको गैरजिम्मेवार अभिव्यक्ति, गुणस्तरहीन काम, सम्झौताविपरीतका सर्त र निर्माण सम्पन्न नहुँदै हस्तान्तरण गर्ने हतारोका कारण भूकम्पपीडित आजित भएका छन् ।
आफ्नो खेतबारीभन्दा निकै माथि डाँडामा बनाइएको बस्ती बस्न मात्रै मिल्ने खालको छ । बस्तुभाउ पाल्न र खेतीपातीका लागि पुरानै थातथलोमा झर्नुपर्ने भएकाले अपायक भएको उनीहरूले बताउँदै आएका छन् । त्यसमाथि एनआरएनले तेर्स्याएका सर्तका कारण उनीहरू बस्तीमा बस्न इच्छुक देखिएका छैनन् ।
समुद्र सतहबाट २ हजार ७ सय ५० मिटर उचाइको गुप्सीपाखामा बाह्रै महिना बस्न मिल्दैन । ६ महिना बढी हिउँले ढाकिन्छ । त्यतिबेला बाध्य भएर बस्ती छाड्नुपर्ने स्थानीय जुनी गुरुङ बताउँछिन् । तीन आनामा बनेको घरले गुजारा नचल्ने भन्दै उनले पुरानै थातथलोमा घर ठड्याइसकेकी छन् । कान्तिपुरमा खबर छ ।
प्रतिक्रिया