खानेपानी गाउँमा आएपछि स्थानीयवासी खुशी

६ बर्ष अगाडि

कनका सुन्दरी गाउँपालिका–६ भण्डारीबाडामा खानेपानी आएपछि स्थानीयवासीमा खुशी छाएको छ । खोलाबाट पानी ल्याएर खान बाध्य स्थानीयका लागि खानेपानीको धारा गाउँमा नै पु¥याइएपछि उनीहरु निकै खुशी देखिएका छन् ।
    
स्थानीय सरकारको पहलमा खानेपानीको धारा गाउँमा आएको हो । योभन्दा अगाडिका दिनमा स्थानीयवासी नदीको पानी भरेर खाँदै आएका थिए । गाउँपालिकाको पहलमा गाउँको लुमदुवाबाट आठ किलोमिटर टाढाबाट पानी ल्याउन सफल भएको छ ।
    
गत वर्षको रु २२ लाख र यो आवको रु २४ लाख गरी रु ४६ लाख गाउँपालिकाको बजेटबाट दुई वर्षभित्र काम गरी वडा नं ६ भित्र रहेको भण्डारीबाडा, भट्टगाउँ, कोटघर बजार, स्वास्थ्य संस्था र वडा कार्यालयलगायतका ३०० भन्दा बढी घरधुरीमा रहेका एक हजार ६०० भन्दा बढी मानिसले गाउँमा आएको खानेपानीबाट लाभ लिने बताइएको छ । खानेपानी लिन टाढा धाउनु नपर्ने भएपछि निकै खुशी भएको अनुभूति भएको बुडुकोट रुपसिंह भिगडे लुम भट्ट भण्डारी खानेपानी उपभोक्ता समितिका अध्क्षय लक्ष्मीप्रसाद उपाध्यायले बताउनुभयो । 
 

६ बर्ष अगाडि

प्रतिक्रिया