फोरमबाट आएकालाई कांग्रेसले  एक महिनाभित्र समायोजन गर्ने

७ बर्ष अगाडि

काठमाडौ- कांग्रेसले विजयकुमार गच्छदार नेतृत्वकोे तत्कालीन नेपाल लोकतान्त्रिक फोरमका नेता/कार्यकर्तालाई एक महिनाभित्र कांग्रेसको क्रियाशील सदस्यता प्रदान गर्ने र समायोजनका बाँकी कार्यलाई एक महिनाभित्र पूरा गर्ने जनाएको छ, आजको नयाँ पत्रिकामा खबर छ  ।

२९ असोज ०७४ मा लोकतान्त्रिक फोरम कांग्रेससँग एकीकृत भएको थियो । निर्वाचनका वेला अन्य पार्टीको क्रियाशील सदस्यता परित्याग गरी कांग्रेस प्रवेश गर्नेहरूलाई पनि क्रियाशील सदस्यता प्रदान गर्ने निर्णय बैठकले गरेको छ ।

निक्कै रस्साकस्सीबीच १४ दिनसम्म चलेको कांग्रेस केन्द्रीय समिति बैठकले भदौ मसान्तभित्र महासमिति बैठक बोलाउने निर्णय पनि  गरेको छ । संस्थापन पक्षको असोज र पौडेल–सिटौला पक्षको १५ असारभित्र बैठक गर्नुपर्ने अडानका बीच भदौभित्रै महासमितिको बैठक गर्ने निर्णय भएको हो ।

महासमितिले केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्यको निर्वाचनबाहेक पार्टीको विधान संशोधनलगायतका निर्णय गर्न सक्छ । विधानमा महाधिवेशन हुने वर्षबाहेक एक वर्षमा एकपटक महासमिति बैठक हुने उल्लेख छ । शेरबहादुर देउवा २६ महिनाअघि सभापति भएपछि पहिलोपटक महासमितिको बैठक बस्न लागेको हो ।

७ बर्ष अगाडि

प्रतिक्रिया