काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङसहितको टोली इलाम, पाँचथर र झापाको भ्रमण गर्यो । टोलीको प्रमुख उद्देश्य थियो, लामो समयदेखि रोकिदै आएको काबेली करिडोरको काम अगाडि बढाउने । गत फागुनको दोस्रो साता टोली काबेली करिडोर पुगेको थियो ।
कलमान सहितको टोलीले आयोजनाको काम तत्काल अगाडि बढाउन र स्थानीयसँग समस्या समाधानमा सहजीकरण गर्न समेत निर्देशन दिएको थियो । मंगलबारे नगरपालिकाका प्रमुखसग पनि सो विषयमा छलफल भएको थियो ।
पाँचथरको जोर सल्लो र इलाको सोली थुम्मका भन्ने स्थानमा ११÷११ वटा टावर निर्माणमा समस्या पैदा भएको र समस्या समाधानका लागि प्राधिकरणको उच्च टोलीले सहजीकरण गरेको थियो ।
स्थानीय समेत प्रसारण लाइन निर्माण गर्न दिनन सहमत भएका थिए । तर भएको सहमतिको मसी जति सुक्दै गयो, आयोजनाको काम समेत त्यत्तिकै रोकिदै आएको छ ।
स्थानीयमा प्रसारण लाइन निर्माण हुँदा बाँझो पन हुने, खेतीबालीमा समस्या आउने, करेन्ट लागेर मर्ने जस्ता अवैज्ञानिक र कपोलकल्पित हल्ला चलाइएको छ ।
सोही हल्लाका कारण स्थानीयबासी प्रसारण लाइन निर्माण गर्न दिने पक्षमा छैनन् । उनीहरुले मुआब्जा वितरणमा समेत समस्या भएको भन्दै आपत्ति जनाएका छन् ।
मुआब्जा वितरणमा समेत चित्त बुझाएका छैनन् । प्राधिकरणको उच्चा नेतृत्वले सबै समस्या समाधान गर्ने वचन समेत दिएको थियो । म्रगलबारेका नगरपालिकाका प्रमुखले आवश्यक परे, नगरपालिकाले बल प्रयोग गरेरै भएपनि आयोजना निर्माणका लागि सहजीकरण गरिदिने बताएको थियो । तर हालसम्म पनि काबेली करिडोरको काम अगाडि बढ्न सकेको छैन ।
डेढ महिना पहिले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङसहित एक टोलीले काबेली प्रसारण लाइन निर्माण क्षेत्रको अनुगमन गरेको थियो ।
विगत १० वर्षदेखि निर्माण सुरु भएको प्रसारण लाइन झापाको पाडाजुँगीदेखि पाँचथरको अमरपुरसम्म जोड्ने प्रसारण लाइन निर्माणमा दिनुपर्ने जति ध्यान दिइएको छैन ।
सो प्रसारण लाइनको इलामको गोदक—दमकको पहिलो खण्डको काम सम्पन्न भइसकेको छ । कूल १३२ केभीए क्षमताको उक्त प्रसारण लाइन इलामको सोयाकदेखि पाँचथरको अमरपुरसम्मको बाँकी प्रसारण लाइन निर्माणको काम रोकिदै आएको छ ।
स्थानीयले मुआब्जा तथा वन क्षेत्रको जग्गा प्रयोगमा अवरोध गदैृ आएका छन् । स्थानीयले सहमति गरेपनि आयोजनालाई काम गर्न रोकिरहेका छन् ।
हालसम्म टावर निर्माणको काम सुरु हुन नसक्दा केही आयोजनाबाट उत्पादित विद्युत् खेर जाने अवस्था आएको छ । काबेली बी एक, तल्लो हेवा जस्ता आयोजनाबाट उत्पादित विद्युत् खेर जाने अवस्था आएको सम्वद्ध पक्षले जनाएको छ ।
ठेकेदारले समेत आयोजना निर्माणमा ध्यान दिएको छैन ।
स्थानीयको अवरोधका कारण काबेली करिडोर प्रसारण लाइन आयोजनाका प्रमुख दीपेन्द्रराज द्विवेदीले बताए ।
प्रतिक्रिया