चक्रपथमा सडकमाथि गुड्ने रेलको प्रस्ताव

७ बर्ष अगाडि

काठमाडौं- चीनले काठमाडौंको चक्रपथमा सडकमाथि गुड्ने (मोनो) रेल निर्माणका लागि काठमाडौं महानगरपालिकालाई प्रस्ताव गरेको छ । चिनियाँ कम्पनी सीआरसीसीले उपत्यकाको २७ दशमलव २ किलोमिटरमा यस्तो रेल सेवा निर्माणका लागि प्रस्ताव गरेको हो । मोनोरेल दुई वर्षभित्र निर्माण सम्पन्न गरिसक्ने प्रस्तावमा उल्लेख छ । महानगरपालिकाका अनुसार चिनियाँ कम्पनीको यो प्रस्तावबारे महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्यलगायतले छलफल थालेका छन् ।


सार्वजनिक–निजी साझेदारी इकाइका प्रमुख महेश काप्mलेका अनुसार चिनियाँ कम्पनीले पहिलो चरणमा प्रस्तावमा मोनोरेल निर्माणका लागि विस्तृत सम्भाव्यता अध्ययन (डीपीआर) गर्ने जनाएको छ ।

अध्ययन सक्नासाथ मोनोरेल निर्माण गरिसक्ने चिनियाँ कम्पनीको प्रस्तावमा उल्लेख छ । यस्तो रेल सञ्चालनका लागि दुई लेनको ट्र्याकसहित आठवटा पुल आवश्यक हुने कम्पनीले जनाएको छ ।

महानगरपालिकाले यसअघि पनि मोनोरेलको डीपीआरका लागि साइमेक्स इन्क कम्पनीसँग सम्भाव्यता अध्ययनको सम्झौता गरेको छ । साइमेक्सले निःशुल्क सम्भाव्यता अध्ययन गरिरहेको छ ।

मोनोरेलले सुविधा दिन सक्ने ठाउँको पनि सम्भाव्यता अध्ययन गरिएको थियो । काठमाडौंको ट्राफिक जामको अवस्था हेर्दा मोनोरेल उपयुक्त हुने महानगरको ठम्याइ छ । स्थानीय तह निर्वाचनका क्रममा पनि काठमाडौंमा मोनो र मेट्रोरेल सेवा विस्तार गर्ने जनाइएको थियो । नारायणगोपाल चोकदेखि रत्नपार्कसम्म वा एयरपोर्टदेखि रत्नपार्कसम्मको अध्ययन प्रतिवेदन साइमेक्सले तयार पारेको थियो ।

साँघुरा घना बस्तीमा मेट्रो रेलभन्दा वातावरणमैत्री मोनोरेल गुडाउन सकिनेलगायत फाइदा भए पनि यसको गति र क्षमता तुलनात्मक रूपमा मेट्रोभन्दा कम हुन्छ ।

मोनोरेलमा लागेको तेर्सो रबरको पांग्राले ट्र्याकलाई दुवैतिरबाट जकडेको हुन्छ । मोनोरेल गुड्न ठाउँठाउँमा ठड्याइने पिलरले ट्र्याकहरूलाई जोडेको हुन्छ । यसमा ७÷८ वटा ‘बोगी’ (डिब्बा) हुन्छन् । एउटामा २ सय जना अट्ने गरी ३÷४ वटा बोगी हुने मोनोरेल काठमाडौंका लागि आवश्यक देखिन्छ । मेट्रोभन्दा ८० गुणा कम लागतमा यो रेल कुद्न सक्छ, राजधानी दैनिकमा खबर छ  ।

७ बर्ष अगाडि

प्रतिक्रिया