च्याम्पियन्स लिगको उपाधि लिभरपुललाई

६ बर्ष अगाडि

मड्रिड – यस सिजनको युरोपियन च्याम्पियन्स लिगको उपाधि इङ्लिस क्लब लिभरपुलले जितेको छ ।

स्पेनको मड्रिडस्थित वान्डा मेट्रोपोलिटिन रंगशालामा  भएको फाइनलमा टोटनहृयामलाई २-० गोल अन्तरले पराजित गर्दै लिभरपुलले उपाधि जितेको हो । लिभरपुललाई उपाधि दिलाउन मोहमद सलाह र डिभोक ओरिगीले गोल गरे ।

सलाहले दोस्रो मिनेटमा  पेनाल्टीबाट गोल गर्दै लिभरपुललाई अग्रता दिलाएका थिए ।  खेलको सुरुवाती समयमै अग्रता लिएको लिभरपुलले निकै राम्रो प्रदर्शन गर्‍यो । सलाहकै गोलबाट लिभरपुलले पहिलो हाफसम्म १-० गोलको अग्रता बनाएको थियो ।

८७ औं मिनेटमा लिभरपुलले दोस्रो गोल गर्न सफल भयो । लिभरपुलका लागि ओरिगीले गोल गर्दै २-० को अग्रता दिलाए । 
सेमिफाइनलमा  लिभरपुल स्पनिस क्लब बार्सिलोनालाई पराजित गरी फाइनल पुगेको हो। टोटनह्यामले डच टोली आजाक्समाथि जित निकाल्दै फाइनलको यात्रा तय गरेको थियो ।
 

६ बर्ष अगाडि

प्रतिक्रिया